देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजधानीमा फेरि भेटियो चितुवा

देशान्तर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा क्षेत्रबहादुर श्रेष्ठको घरको कम्पाउन्डमा एक चितुवा देखा परेको छ । 

महानगरीय प्रहरी प्रभाग कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमबहादुर थापाले स्थानीय गौरीशङ्कर मार्गको नजिकै श्रेष्ठको निवासमा बिहान चितुवा पसेको बताउँदै त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयत्न जारी राखेको जानकारी दिए ।  

उनका अनुसार सुरक्षाकर्मीले वन विभाग तथा चिडियाखानाका कर्मचारीसँग समन्वय गरी चितुवा नियन्त्रणमा लिइने छ । घरधनी श्रेष्ठका परिवारलाई घरबाट बाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ । यसअघि पनि पटक पटक राजधानीका विभिन्न स्थानमा चितुवा भेटिने गरेको थियो । 

]]>