देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदनमा बजेटमाथिको छलफल जारीः सांसदहरुद्वारा आलोचना

देशान्तर

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आव २०७३÷७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी छ । 

बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ । 

नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बजेट ल्याए मात्र हुन्छ कार्यान्वयन गर्नु पर्दैन भन्ने मानसिकताबाट बजेट आएको भनी आलोचना गरे । बजेट सुन्दा राम्रो लागेपनि तर त्यसको खर्च कसरी जुटाउने भन्नेमा स्पष्टता नदेखिएको उनको भनाइ छ । 

सांसद रत्ना शेरचनले बजेट महात्वकांक्षा, उत्पादनमुखी भन्दा वितरण मुखी, दलीय स्वार्थबाट बढी प्रेरित भएको र युवा उद्यमीलाई समेट्न नसकेको भनी आलोचना गरिन् ।  

नेकपा संयुक्तका सांसद जयदेव जोशीले बजेट महात्वकांक्षी भएको र कार्यान्वयन गर्न चुनौती रहेको बताए । उनले बजेटमा कार्यान्वयन हुन नसक्ने हावादारी कार्यक्रम रहेको जिकिर गरे । 

सांसद श्यामकुमार श्रेष्ठले बजेटमा साधारण खर्च राजस्वबाट धान्न नसकिने अवस्था रहेको बताउँदै बामपन्थी नेतृत्वको सरकार भए पनि बजेटले विदेशी सहायता निर्भरता बढाएको गुनासो गरे ।  

]]>