देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अस्थिरताबाट मुलुकलाई निकास दिन काँग्रेस सक्षम’

देशान्तर

काठमाडौँ  । नेपाली काँग्रेसका नेताले मुलुकलाई अस्थिरताबाट निकास दिन काँग्रेस सक्षम भएको बताएका छन् ।  प्रजातन्त्र सम्वद्र्धन केन्द्रले आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली काँग्रेसको भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रवादी समाज र राष्ट्रप्रति उत्तरदायी हुनपर्ने बताए ।

उनले भने– ‘लोकतन्त्रको रक्षा गर्ने प्रमुख दायित्व जनताको हो ।’ उनले वामपन्थी धु्रवीकरण हुँदै गएको बेलामा वामपन्थीप्रति विश्वास गर्नु घातक भएको धारणा राखे । महामन्त्री कोइरालाले बौद्धिक व्यक्तित्वले कार्यकर्तालाई काँग्रेसको इतिहास र विचार सिकाउनु आवश्यक भएको बताए । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले एउटा आन्दोलनले ल्याएको उपलब्धि हासिल गर्न नपाउँदै अर्को आन्दोलनमा लाग्दा देश पछाडि परेको बताए । उनले काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।

काँग्रेसका अर्का पूर्वमहामन्त्री विमलेन्द्र निधिले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशीता र मिश्रित निर्वाचन प्रणाली नेपाली काँग्रेसको सिद्धान्त भएको बताउँदै सबै कुरालाई संविधानले समेटेको जानकारी दिए । उनले संविधानलाई कार्यान्वयन गर्नका लागि संविधानमा समेटिएकामध्ये सहमतिका बुँदा अलग र असहमतिका कुरालाई अलग छुट्याएर वार्ता र संवाद गर्नु जरुरी रहेको उल्लेख गरे । केन्द्रका अध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालको हरेक परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै अबको नेतृत्व पनि काँग्रेसले लिनुपर्ने बताउए ।  

 

]]>