देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्र गन्जागोल, भाग पु¥याउदा भद्रगोल

देशान्तर

काठमाडौं । ७५ सदस्यीय सचिवालयमा एमाओवादीका पूर्ववत् ३९, बादल समूहबाट पूर्ववत् १९ जना छन् । त्यस्तै, एमाओवादीको कोटाबाट अमिक शेरचन र श्रवण यादव, एकता प्रक्रियामा सहभागीमध्येबाट मातृका यादव, मणि थापा, जयपुरी घर्ती, गोपाल ठाकुर र तिलक परियार सचिवालयमा थपिएका छन् । बाँकी १० सदस्यमा भने मधेसी, मुस्लिम, महिला, दलित र कर्णालीबाट साझा नेता खोज्ने सहमति छ । २४१ सदस्यीय पोलिटब्युरोमा एमाओवादीबाट १३९, बादल समूहबाट ६५, मातृका यादव समूहबाट आठ, मणि थापा समूहबाट सात, तिलक परियार समूहबाट चारजना छन् ।

त्यस्तै, अमिक शेरचन, श्रवण यादव, जयपुरी घर्ती पनि एमाओवादीका तर्फबाट थपिएका छन् । बाँकी सदस्य समावेशी बनाउने तयारी छ । ९९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा एकतामा प्रक्रियामा सहभागी घटकका लागि सदस्य संख्या भागबन्डा गरिएको छ । एमाओवादीलाई ६ सय, बादल समूहलाई तीन सय र बाँकी ९९ सदस्य मणि थापा, मातृका यादव, नेकपा माओवादी विद्रोहीलगायतका समूहको भागमा छन् । पूर्वकेन्द्रीय सदस्य स्वतस् रहने गरी बनाइएको समितिमा एमाओवादी र बादल समूहले मात्र नयाँ सदस्य थपेका छन् ।

अरू समूहका केन्द्रीय सदस्य स्वतस् केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यलाई हेडक्वार्टरले समेत चिन्दैन ‘कोटाअनुसार जो पनि आएका हुन सक्छन्’ भागबन्डाअनुसार समिति ठूलो बने पनि केन्द्रीय समितिमा कस्ता नेता आएका छन् भन्ने पहिचान हेडक्वार्टरले समेत गर्न सकेको छैन । ‘नाम कोटा निर्धारण गरिएका आधारमा आएका छन्, तर को कस्ता मान्छे हो भन्ने सम्बन्धित पार्टीका नेताबाहेक अन्यलाई सामान्य जानकारीसमेत छैन,’ एक नेताले भने, ‘जस्ता मान्छे पनि परेका हुन सक्छन् । अहिले एकले अर्कोलाई पहिचान गर्न सक्ने स्थिति छैन ।’ नयाँ पत्रिकामा समाचार छ । 

]]>