देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसङ्घमा तेत्तीस प्रतिशत महिला समेट्न माग

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी सङ्घका महिला नेत्रीले नेविसङ्घको नयाँ बन्ने संरचनामा ३३ प्रतिशत महिलालाई समेट्न माग गरेका छन् ।  

नेविसङ्घ पूर्वमहामन्त्री प्रतिमा गौतमले लामो समयसम्म नेविसङ्घ अधिवेशन हुन नसकेको वर्तमान परिस्थितिमा अब हुन लागेको महाधिवेशनमा धेरै महिलालाई समेट्न नेतृत्वलाई आग्रह गरिन् । उनले भनिन्– ‘अब बन्न लागेको विधान छात्रामैत्री हुनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, कमला पन्त, सरिता प्रसाई, इश्वरी न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

]]>