देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनका विषयमा मोर्चा र गठबन्धनमा विभाजित

देशान्तर

तमलोपाको कार्यालयमा बसेको बैठकमा आगामी आन्दोलन, मोर्चाको भविष्य र सरकारसँगको वार्ताबारे छलफल भएको थियो। मोर्चाले आन्दोलनका छुट्टै कार्यक्रम तय गर्ने विषयमा अधिकांश नेताले धारणा राखेका छन्।  ‘मोर्चाको बैठकमा मधेस आन्दोलनको निरन्तरता र गठबन्धनले अलग–अलग आन्दोलन गर्नेबारे छलफल भयो,’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने। गठबन्धनप्रति तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक संघीय सद्भावना, तमसपा, राष्ट्रिय मधेस समाजवादी पार्टी असहमत छन्।  

असन्तुष्ट नेताहरूका अनुसार गठबन्धनको संयोजकमा उपेन्द्र यादव रहेको तथा दस्ताबेजमा मधेस आन्दोलनको योगदानबारे कम आँकलन गरिएकोमा असन्तुष्टि बढेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>