देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट छलफल आज सकिँदै, अर्थमन्त्रीले आज जवाफ दिने

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदमा सोमबार सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आज सकिँदै छ । बजेटमाथी बिहीबारसम्म १ सय ५० सांसद छलफलमा सहभागी भइसकेका छन् ।

आज केही सांसद, शीर्ष नेताले मन्तव्य राखेपछि सांसदहरुले राखेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने कार्यक्रम रहेको छ । छलफलका क्रममा सत्तापक्षका  नै सांसद बजेटको बिरोधमा उत्रेका छन् । एमालेले भने त्यसको प्रतिरक्षामा उत्रिए पनि प्रमुख प्रतिपक्षी र सत्तारुढ दलकै केहीले भने बजेटको आलोचना गरे । आइतबार सुरु हुनपर्ने बजेट छलफल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सोमबारदेखि मात्र भएको थियो ।

बिहीबारको बैठकमा पनि बजेटमाथि समर्थन र बिरोध चल्यो । कांग्रेसका डा. प्रकाशशरण महत, गगनकुमार थापा, महेन्द्र यादवलगायतले बजेटको चर्को आलोचना गरेका थिए । सत्तापक्षका तर्फबाट गोकर्ण विष्टले भने बजेटको बचाउ गरेका थिए ।

]]>