देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्रमा खनाल र पुनको बढुवा पक्का

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरीको एआईजीमा जितबहादुर पुन र शैलेन्द्र खनालको बढुवा पक्का भएको छ । गत वैशाख २४ गते भएको बढुवामा असन्तुष्ट जनाउँदै दुईजना डीआईजी उत्तम खड्का र पुष्पराम केसीले असन्तुष्टि जनाउँदै उजुरी पुनरावलोकन समिति र सर्वोच्च अदालतसम्म पुग्दा पनि बढुवा सदर भएपछि खनाल र पुनको एआईजी बन्ने बाटो खुलेको छ । बढुवाको निर्णयप्रति असन्तुष्टि जनाउँदै खड्का र केसीले उजुरी समितिमा उजुरी दिएका थिए । त्यसपछि खनाल र पुनको बढुवाको सिफारिस रोकिएको थियो ।

तर लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मुख्यसचिव र अर्को सचिव संलग्न भएको समितिले उनीहरूको उजुरीलाई खारेज गरेपछि असन्तुष्ट पक्ष बढुवा सिफारिस रद्दको लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । तर अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै उनीहरूको रिट खारेज गरेपछि बढुवा प्रक्रिया अगाडि बढ्ने निश्चित भएको हो । 

बढुवा प्रक्रियासँगै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको पूर्ण कार्यकाल महानिरीक्षक बन्ने बाटो पनि खुल्ला भएको छ भने अर्कोतिर उजुरी गर्नेहरूको लोकसेवा आयोगबाट स्वीकृत गरिएको सामान्य सिद्धान्तलाई समेटिएको सशस्त्र प्रहरी नियमावलीले गलत उजुरी गरी बढुवा प्रक्रियामा अवरोध गरेमा दुई अंक घट्ने व्यवस्था गरेकोले उजुरीकर्ताद्वय खड्का र केसीको आगामी बढुवा पनि प्रभावित हुने भएको छ । 

दुर्जकुमार राईपछि सिंहबहादुर श्रेष्ठ १० महिनाको लागि सशस्त्रको महानिरीक्षक बन्नेछन् भने त्यसपछि शैलेन्द्र खनाल चार वर्षको लागि सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने एक्लो वरीयतामा छन् । उनको प्रतिस्पर्धी अरू कोही पनि छैन ।

 

]]>