देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सांसद थकाली भ्रष्टाचारविरुद्ध सांसदहरुको सङ्गठनको कार्यकारिणी समितिमा

देशान्तर

काठमाडौं । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी सङ्गठन (ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्ट्रियन एगनेष्ट करप्सन) को केन्द्रीय कार्यकारिणी समितिमा नेपालका तर्फबाट नेपाली कांग्रेसका सांसद रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका छन् । इन्डोनेसियाको जाकार्तामा हालै सम्पन्न सो सङ्गठनको छैटौँ विश्व सम्मेलनले थकालीसहित सात सदस्यीय कार्यकारिणी समिति निर्वाचित गरेको थियो ।

सम्मेलनबाट फर्किएपछि सांसद थकालीले दिएको जानकारी अनुसार सो संस्थाको अध्यक्षमा इन्डोनेसियाका संसद्का सभामुख अध्यक्षमा निर्वाचित भएका थिए । सम्मेलनमा ७२ देशका सांसदहरुको सहभागिता रहेको थियो ।  कार्यकारिणी सदस्यमा निर्वाचित हुने थकाली पहिलो नेपाली सांसद भएका छन् ।

भ्रष्टाचारविरुद्धको सांसदहरुको विश्वव्यापी सङ्गठन नेपाल च्याप्टरका उपाध्यक्ष समेत रहेका सांसद थकाली हालै दक्षिण एसियाली मुलुक (सापाक)को सचिवमा निर्वाचित भएका थिए । सापाकले थकालीलाई दक्षिण एसियाका तर्फबाट जनरल कन्भेसनमा सहभागी हुन सर्वसमितिले चयन गरेको थियो ।

भ्रष्टाचार न्यूनीकरणमा सक्रिय हुँदै आएको सो सङ्गठनले विश्वव्यापी रुपमा संस्थालाई परिचालन गरिरहेको छ । सो संस्थाको उपाध्यक्षमा अर्जेन्टिना र जाम्विया, सचिवमा अष्ट्रेलिया, सदस्यमा नेपाल र कुबेत निर्वाचित भएको सांसद थकालीले जानकारी दिए ।

]]>