देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता

देशान्तर

काठमाडौँ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यही जेठ २० देखि २१ गते अमेरिकामा सञ्चालन भएको संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख सम्मेलन (युएनकम्पस्) विषयक कार्यक्रममा सहभागी भई आइतबार राति स्वदेश फिर्ता भएका छन् ।  महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरेका थिए ।

विश्वका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना तथा अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न परिचालित (युएन) प्रहरीलाई प्रभावकारिताका साथ परिचालन गर्ने सम्मेलनको निष्कर्ष रहेको महानिरीक्षक अर्यालले जानकारी दिए । विश्वका द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घले शान्ति स्थापनार्थ परिचालन गरेको युएन प्रहरीलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ, त्यसका चुनौती के छन्, समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल भएको उनले बताए । महानिरीक्षक अर्यालका अनुसार सम्मेलनमा आपसी सूचनाको समन्वय गर्ने, सूचना आदानप्रदान गर्ने, समस्या र त्यसमा आईपर्ने समस्या समाधानका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यका आयोजित सम्मेलनमा सबै प्रतिनिधिबीच बृहत् अन्तक्र्रिया गरिएको थियो ।  

नेपालको तर्फबाट मन्तव्य राख्ने क्रममा उनले संयुक्त राष्ट्रसङ्घमा नेपालको बुहत् लगानी रहेको सन्दर्भ राख्दै संयुक्त राष्ट्रसङ्घीय मिसनमा प्रहरी अधिकृत तथा जवानको सङ्ख्यात्मक मात्र नभई उच्च व्यवस्थापकीय पदमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेको प्रहरीले जनाएको छ ।  विश्वका ११० देशका प्रहरी प्रमुखको सहभागिता रहेको उक्त सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल यही जेठ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।  

]]>