काठमाडौं । संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको संघीय गठबन्धनले आजबाट अनसनको कार्यक्रम सुरू गरेको छ । राजधानीको खुल्लामञ्चमा अनसनको कार्यक्रम राखिएको छ । आज बिहान ७ बजेबाट सुरु रिले अनसन साँझ ७ बजेसम्म चल्ने छ । पहिलो दिन आज संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवसहित अन्य दलका शीर्ष नेताहरु अनसनमा बस्ने कार्यक्रम रहेको छ ।
अनसन स्थलमा ३० जनाको हाराहारिमा नेता कार्यकर्ता बस्ने छन् । प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । प्रत्येक दिन अनसनको अन्त्यमा गठबन्धनका एक शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरीको कार्यक्रम समापन हुने गठबन्धनले जनाएको छ । रिले अनसन असार मसान्तसम्म चल्ने छ ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गते सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ । दोस्रो चरणमा गठबन्धनले राजधानीका विभिन्न स्थानमा विरोध सभा गरेको थियो । सरकारले मधेसी मोर्चालाइ वार्तामा आउन आग्रह गरेको भएपनि गठबन्धलार्इ वार्तामा बोलाउन पर्ने भन्दै गठबन्धनले आन्दोलन जारी राखेको छ ।
]]>
प्रतिक्रिया