देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौरीगाईको संख्या बढ्यो

देशान्तर

रत्ननगर। चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरीगाईको सङख्या बढेको पाइएको छ । 

हालै गरेको गणनामा निकुञ्जमा ५६ वटा गौरीगाई बढेको पाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।  पाँच वर्षपछि यहाँ गौरीगाईको गणना भएको हो । 

उनका अनुसार सन् २०११ को गणनामा निकुञ्जमा ३१२ वटा गौरीगाई थिए । अहिले बढेर सङ्ख्या ३६८ पुगेका छन् ।  

हालै सम्पन्न गणनाको तथ्याङ्कबारे जानकारी दिँदै अर्यालले ११५ वटा भाले र १४८ वटा पोथी पाइएको जानकारी दिए  ।  यस्तै लिङ्ग नछुट्टिएकामा वयस्क गौरीगाई ७२ वटा र ३३ वटा बच्चा फेला परेका छन् ।  

गौरीगाईको अवस्था पत्ता लगाई संरक्षणमा नयाँ रणनीति निर्माण गर्ने लक्ष्यसहित गएको वैशाखदेखि गौरीगाई गणना सुरु भएको थियो । नितान्त आँखाले हेरेर ‘हेड काउन्ट’ विधिबाट गणना गरिएको थियो । 

गाई पाउने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरी १३० जना कर्मचारी र प्राविधिक खटाएर निकुञ्जले गाईको गणना गरेको हो । 

<span style=”font-size:16px;”>गणनामा २४ वटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अर्यालले जानकारी दिए ।  दुई वटा ब्लकमा हात्ती जान नसक्ने भएकाले हिँडेरै गणना गरिएको थियो । 

अहिले वासस्थान राम्रो भएकाले सङ्ख्या बढेको र वयस्क तथा बच्चाबच्ची राम्रो पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।  

मुख्यगरी गौरीगाईहरु साल भएको अलि अग्लो तथा चुरे क्षेत्रमा बस्न रुचाउँछन् । खोरेतको डरले पानीको स्रोतभन्दा सुख्खा ठाउँ तिनीहरुको रोजाइ हो । यस पटक चुरेलाई केन्द्र मानेर गणना भएको थियो । 
चोरी सिकार हुन नपाएको र बाघको आहाराका रुपमा चित्तल, मृगहरु प्रशस्त भएकाले पनि यसको सङ्ख्या राम्रो रहेको निकुञ्जको भनाइ छ । 

चितवन निकुञ्जमा बाघ, गैँडा, हात्ती, गौरीगाई, चरा, भालु, चित्तल, गोहीलगायत हेर्न पर्यटकहरु आउने गर्दछन् । 

]]>