देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगरमा टेलिफोन सेवा अवरुद्ध

देशान्तर

विराटनगर । निर्माण कम्पनीको  लापर्बाहीका कारण विराटनगरको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गएरातिदेखि अवरुद्ध भएका छन् । 

सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो । 

यस सम्बन्धमा टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराएपनि गएराति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको जानकारी गराए ।  

पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न कम्तीमा तीनदिन लाग्ने उनले बताए ।  

सो कारणले राससलगायत कतिपय टेलिफोन उपभोक्ताको सेवामा बाधा पुगेको भएको छ । 

]]>