देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईको घरजग्गा कारोबारमा भारी गिरावट

देशान्तर

काठमाडौं । तराईका जिल्लामा घरजग्गा तथा रियल इस्टेट कारोबारमा शतप्रतिशतसम्म गिरावट आएको छ। मधेस आन्दोलनबाट बढी प्रभावित ८ वटा जिल्लाको घरजग्गा रजिस्ट्रेसन तथा घररभवन स्थायी नक्सा पास शून्यबराबर भएको हो।  

नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्ष ०७२/७३ को पहिलो ६ महिनाको आर्थिक गतिविधि अध्ययन गरी जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार समग्र घरजग्गा रजिस्ट्रेसन संख्यामा २८ प्रतिशतले कमी आएको छ। गत वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा १ दशमलब ८ प्रतिशतको बृद्धि थियो।

यो अवधिमा घररभवन नक्सा पास संख्या ३२।७ प्रतिशतले कमी आएको छ। अध्ययनमा ४७ जिल्ला समेटिएको छ।  कारोबार दैनिकमा समाचार छ।

]]>