देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ न्यायाधीश सिफारिस प्रकरणमा देउवाको आपत्ति

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन्।

 सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित कानुन व्यवसायीहरुबीच भएको बैठकमा सिफारिसमा भएका ११ जना न्यायाधीशविरुद्ध परेको रिट निवेदन लामो समयसम्म पनि पेसीमा नचढाउने कार्य उचित नभएको बताएका हुन्।  लगातार तीन दिनदेखि सर्वोच्च अदालतमा एकल इजलास गठन नभएका कारण सो रिट निवेदनलगायतन अन्य महत्वपूर्ण मुद्दाको प्रारम्भिक सुनुवाइ हुन सकेको छैन।

भन्नेहरुले न्यायापरिषदबाट सिफारिस भएका ११ न्यायाधीशविरुद्ध रिट निवेदन परेका कारण एकल इजलाश गठन नभएको बादी गरेतापनि अदालतका कर्मचारहिरु भने प्राविधिक कारणले इजलाश गठन नभएको बताउने गरेका छन्।  नेपाल समाचारपत्रमा समाचार छ। 

]]>