देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झुटो आश्वासन बाँडेर देश चल्दैनः सभापति देउवा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् ।  

सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा आज बोल्दै सभापति देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।  

उनले संविधान  कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु पर्नेमा प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भनेर झुटो आस्वासन बाँडेर जसरी हिडेका छन् यसरी देश नचल्ने बताए । 
 सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै  यो कार्यको विरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पारे । 
 सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली काँग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गरे ।  
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे ।  उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको आरोप लगाउँदै भने,‘ यसबारेमा नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेर समीक्षा गर्नु आवश्यक रहेको छ । ’ 

नेता पौडेलले नेपाली चेलीले सगरमाथाको शिखर आरोहण गरेर विश्व कीर्तिमान राखेको भन्दै खुशी व्यक्त गरे ।  उनले कीर्तिमानी महिलाले नेपालको गौरव बढाएको र यसले संसारमा नेपाललाई चिनाउन थप मद्धत पुग्ने विश्वास गरे ।  

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर कीर्तिमान राखेर नेपालको कद हिमाल चढेर देशको इज्जत बढाएको भन्दै प्रशंसा गरे ।  

]]>