देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सूर्यकुमार क्षेत्री स्मृति पत्रकारिता सम्मान’ स्थापना

देशान्तर

काठमाडौँ । ब्रेन ट्युमरबाट निधन भएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा पत्रकारलाई सम्मान गरिने भएको छ । 

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले ‘सूर्यकुमार क्षेत्री स्मृति पत्रकारिता सम्मान’ स्थापना गरी हरेक वर्ष पत्रकारितामार्फत योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको हो । 

यस्तै नेपाल प्रेस युनियन महिला विभागको आयोजनामा आगामी असार ३ र ४ गते काठमाडौँमा हुन लागेको राष्ट्रिय महिला भेलालाई सफल पार्न काठमाडौँ शाखा सक्रिय रहने निर्णय भएको छ । 

बैठकमा पत्रकारको न्यूनतम पारिश्रमिक विद्यमान सिफारिस न्यायोचित नभएको भन्दै निजामती कर्मचारीको अधिकृत सरह बनाउन माग गर्न सम्बन्धित निकायलाई दबाब दिने निर्णय गरेको अध्यक्ष अर्यालले जानकारी दिए ।  

]]>