देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभावकारी बन्दैै पोषणका लागि “सुनौला हजार दिन”

देशान्तर

वीरगन्ज । मातृ शिशु पोषणमा सुधार ल्याउने उद्देश्यले सञ्चालित “सुनौला हजार दिन” पोषणका लागि समुदायको क्रियाशीलता आयोजना पर्सामा प्रभावकारी हुँदै गएको छ । 

जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको अनुगमन तथा मूल्याङ्कन टोलीले पर्साका विभिन्न गाविसमा सञ्चालित उक्त आयोजनाको स्थलगत निरीक्षण गर्दा स्थानीयवासीले प्रजनन् उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने अभियानमा सक्रियताका साथ लागेको पाइयो । 

पोषण कार्यक्रममा दिगो प्रगति सुनिश्चित गर्न एक सय दिनमा सम्पन्न भई लक्ष्य प्राप्ति हुने रु एक लाखदेखि तीन लाखसम्मका स–साना कार्यक्रमलाई आयोजनाले विशेष प्राथमिकता दिएको छ । 

समाजमा विद्यमान गरिबी र विपन्नताका कारण बालबालिका दीर्घ कुपोषणबाट ग्रसित भइरहेको परिप्रेक्षमा मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन सरकारले सुनौला हजार दिन कार्यक्रम ल्याएको हो । 

सुनौला हजार दिन भन्नाले महिला गर्भवती भएको दिनदेखि बच्चाको दुई वर्ष उमेरसम्मको अवधि जनाउँछ । उक्त अवधि पोषण सुधारका लागि उत्तम समय मानिन्छ । 

अनुगमनका क्रममा स्थानीयवासीले यो कार्यक्रमबाट जनतामा मातृ शिशुलाई पोषणयुक्त खानेकुरा खुवाउनेप्रतिको चासो एवम् उत्साहमा वृद्धि भएको, शिक्षा र स्वास्थ्यप्रति चेतना जागेको र आफ्नै घरआँगनमा पोषणयुक्त खानेकुराको उत्पादन गर्ने क्षमतामा विकास भएको बताए । 

]]>