देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्धालाई बलत्कार गर्ने बलत्कारी छोड्ने प्रपञ्च

देशान्तर

ओखलढुंगा । ओखलढुंगामा  सामुहिक बलत्कारको अभियोगमा कष्टडिमा रहेका दुई जना अभियुक्तलाई प्रहरी, प्रशासनको मिलेमतोमा थुनामुक्त  गर्ने प्रपञ्च थालिएको छ । ओखलढुंगाको जन्तरखानी गाविस– १ घर भएका दिलिप मगर  र राजन  मगर एक जना ५६ बर्षिय बृद्धालाई सामुहि बलत्कार गरेको अहिले पुलिसको कष्टडिमा रहेका छन् ।   उनिहरुलाई प्रहरी प्रशासनको मिलेमतोमा विहिवार जिल्ला अदातलको रोहवरमा तारेखमा छोड्ने तयारी भइरहेको बताइएको छ । 

गत फागुन १८ गते जन्तरखानी– १ मा भक्तवहादुर मगरको घरमा विवहाको निम्तो मान्न गएको बेलामा रक्सीको नशामा रहेकी शेर्पा थरकी ती ५६ बर्षिय महिलाको दिलिप र राजनले मध्यरातमा बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार आमाको बलत्कारको  घटनाका कारण उनको जेठो छोरा समेत गएको बैशाख १८ गते नमोबुद्धमा टे«किङ गएको बेलामा आत्माहत्या गरेका छन् । पिडित  ती महिला आफ्ना बृद्ध पतिका साथ ओखलढुंगाको जन्तरखानीमा बस्दै आएकी थिइन् । उनका छोराहरु भने कामको सिलसिलामा काठमाडौंमा बस्ने गरेकाले समयमा प्रहरीमा पनि जाहेरी नआएको बहानामा जिल्ला सरकारी वकिल राजेन्द्र  बस्नेतसंगको मिलेमतोमा जिल्ला प्रहरी कार्यालयले मुद्दा फितलो बनाएर अदालतमा पेश गरेको बताइएको छ । 

<p style=”text-align: justify;”>पिडितका कान्छा छोराका अनुसार सुरुमा अधिकांश मगर बस्ती रहेको जन्तरखानीमा थोरै घर शेर्पा भएकाले कसैले सहयोग गरेन् । अहिले पिडित बृद्ध भने मानसिक अवस्था गुमाएको अवस्थामा काठमाडौंको जोरपाटीमा रहेको मनरोग तथा पुर्नस्थापना केन्द्रमा उपचार गराइरहेकी छन् । पिडितका  छोराले जिल्ला न्यायधीश उद्धव भट्टराई खासै कुनै काम नै नभएको अवस्थामा निमितको जिम्मेवारी दिएर जिल्ला बाहिर जानु र मुद्दाको अन्तिम सुनुवाई एकै दिन भएकाले आफुलाई शंका लागेको बताएका छन् । 

 

 

]]>