देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तारिणीप्रसादको स्मृतिमा विराटनगरमा सञ्चारग्राम

देशान्तर

पथरी । रेडियो नेपालका संस्थापक स्व तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चोकमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण हुने भएको छ ।  रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको सञ्चारग्रामको यही जेठ २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने कार्यक्रम तय गरेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।  संस्थापकको सम्झनामा रेडियो नेपालले सञ्चारग्राम निर्माण गर्न लागेको हो ।  

करिब आठ करोडको लागतमा सञ्चारग्राम निर्माण गर्न लागिएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी निर्देशक गोपाल रेग्मीले जानकारी दिए । उपमहानगरपालिकाको सात कट्ठा जग्गामा निर्माण हुन लागेको सञ्चारग्राममा मिट द प्रेस हल, गीत रेर्कडिङ, क्षेत्रीय सङ्ग्रहालय तथा गीतसङ्गीतका कार्यक्रम सञ्चालन हुनेछ ।  

शिलान्यास भएको एक महिनाभित्र भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाने र ठेक्का सम्झौता भएको १८ महिनाभित्र सबै काम सम्पन्न हुने जनाइएको छ ।  नेपालमा प्रजातन्त्रको स्थापनासँगै कोइरालाले २००७ सालमा विराटनगरस्थित जुटमिलबाट प्रजातान्त्रिक रेडियोको नामबाट रेडियो नेपालको प्रसारण प्रारम्भ गरेका थिए । 

]]>