देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगर र उपमहानगरमा घरजग्गा रजिस्ट्रेसन

देशान्तर

काठमाडौं । सरकारले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाविसालई वर्गीकरण गरेरमहानगर र उपमहानगरको घरजग्गा रजिष्ट्रेसन दस्तुर बढाएको छ । यसअघि नगरपालिका र गाविस छुट्याएर रजिष्ट्रेसन दस्तुर अठाइँदै आएको छ । अबदेखि महानगरपालिकाभित्र राजिनामा, सट्टापट्टा र सगोलनामको लिखतको थैली अंकमा ५ प्रतिशत र उपमहानगरपालिकामा ४=५ प्रतिशत दस्तुर तिर्नुपर्ने छ ।

नगरपालिकामा भने पुरानै व्यवस्थाअनुसार ४ प्रतिशत तथा गाविसमा २ प्रतिशत दस्तुर बुझाउनुपर्नेछ । मुलुकभर एउटा महानगरपालिका र १२ वटा उपमहानगरपालिका छन् । त्यस्तै ३१ सय ५७ वटा गाविस छन् । यसअघि नगरपालिका र गाविसको एक लाख रुपैयाँसम्मको थैली अंकमा क्रमशः दुई प्रतिशत र एक प्रतिशत रजिष्ट्रेसन दस्तुर लिने व्यवस्थालाई आर्थिक विधयेकले हटाएको छ ।

त्यस्तै यसअघि गाविस र नगरपालिका सामूहिक आवास योजनाअन्तर्गत निर्मित भवन आवास एकाइको लिखतको थैली अंकमा ४ प्रतिशत दस्तुर लिइने गरेकोमा यो दस्तुर अव महानगरपालिकामा सीमित गरिएको छ ।आजको कारोबार दैनिकमा समाचार छ ।

]]>