देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति सेनामा अब सेनाका सट्टा प्रहरीलाई प्राथमिकता

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाका सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ । त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

यही २० र २१ मा अमेरिकामा सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख (युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरुले प्रतिबेदन पेस गर्दै द्वन्द्वग्रस्त धेरैजसो देशमा सेनाभन्दा प्रहरीको काम प्रभावकारी भएको बताएका छन् । युद्ध भइरहेका मुलुकमा सेनाकै प्रभावकारी भएपनि अन्य  देशमा अर्धसैन्य बल र सिभिल प्रहरीको काम प्रभावकारी देखिएको आधारमा ती देशमा आगामी दिनमा प्रहरीलाई प्राथमिकता दिने निर्णय गरिएको छ । द्वन्द्वग्रस्त देशहरुमा खटिँदा सर्वसाधारणसँग ‘डिल’ गर्ने अनुभव र क्षता सेनाभन्दा प्रहरीमा राम्रो देखिएको छ । सम्मेलनमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई सहभागी थिए ।

सम्मेलनमा आइजिपी आर्यालले शान्ति मिसनमा नेपालले महत्वपूर्ण योगदान दिएको तर त्यसअनुसार उच्च व्यवस्थापकीय पदमा जिम्मेवारी पाउनुपर्ने माग गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

]]>