देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवा लाख नक्कली भुकम्पपीडित

देशान्तर

काठमाडौं । पुनर्निर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षण र विगतमा सरकारले वितरण गरेको अनुदानको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्पपीडित देखिएका छन् । उपत्यका बाहिरका ११ जिल्लामा मात्रै १ लाख २३ हजार ९ सय ६९ परिवार नक्कली पीडित देखिएका हुन् ।

पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ३६ को पूर्णरूपमा घर क्षति भई अनुदान पाउनेको सूचीमा परेका छन् । तर, गृह मन्त्रालयले ६ लाख ५६ हजार २ सय ५ जनालाई अस्थायी आवास, न्यानो कपडाका लागि रकम वितरण गरेको थियो । उक्त आधारमा करिब सवा लाख नक्कली पीडित देखिएका हुन् ।

 ‘भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्वेक्षण गरिएको थियो,’ प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसमध्ये ५ लाख ३२ हजार २ सय ३६ घरधनी अनुदान पाउने सूचीमा परेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>