देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान जारीपछि साढे चार हजारलाई अंगीकृत नागरिकता

देशान्तर

काठमाडौं । नयाँ संविधान जारीपछिको आठ महिनामा नेपालीसँग बिहे गरेका ४ हजार ५ सय ६३ विदेशी महिलाले  वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। उनीहरुले तराई मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन्।

नागरिकता तथा राष्ट्रिय परिचय व्यवस्थापन शाखा हेर्ने गृह मन्त्रालयका सहसचिव विनोद केसीका अनुसार गएको वैशाखमा मात्र यी २० जिल्लाबाट ८ सय ९१ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्। बैबाहिक अंगीकृत लिनेमा अधिकांश नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई मधेसका जिल्ला प्रशासकहरुले दिए।  

असोज ३ मा संविधान जारी भएपछि तराई मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनको संख्या बढ्दै गएको छ। सुरुको चार महिनमा अर्थात असोजदेखि पुसमा १ हजार ७५ जनाले अंगीकृत नागरिकता लिएक थिए।  कान्तिपुर दैनिकमा समाचार छ। 
 

]]>