काठमाडौं । डमेस्टिक एयरलाइन्स शौर्य एयरलाइन्सले काठडमौं – नेपालगञ्ज उडान पुनःसुरु गरेको छ ।
शनिवारदेखि उडान सुरु भएको एयरलाईन्सले बताएको छ ।
अहिले शौर्य एयरले झापको भद्रपुरमा दैनिक एउटा, विराटनगरमा दुईवटा फ्लाइट भर्दै आएको छ त्यस्तै माउन्टेन फ्लाइट पनि गर्दै आएको छ ।
एयरलाइन्सले अहिले ५० सीट क्षमताको सीआरजे २०० एयरक्राफ्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यस्तै अवको दुईमहिनामा अर्को विमान थप गर्न गर्न लागेको मार्केटिङ म्यानेजर विवेचन खनालले जानकारी दिए । उनका अनुसार शौर्यले भैरहवा र धनगडिमा उडान भर्ने तयारी गरिरहेको छ ।
]]>
प्रतिक्रिया