देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेल टावरमा प्रहरी सुरक्षा

देशान्तर

भीमदत्तनगर । देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ । 

देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।  

“साठीवटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ” प्रवक्ता खनालले भने,“यहाँ आठवटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।” 

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताए ।  

]]>