देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी एनजिओलाई नीतिबिनै करोडौं अनुदान

देशान्तर

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका नेता सम्बद्ध एक गैरसरकारी संस्था एनजिओलाई मापदण्डबिनै करोडौं अनुदान दिँदै आएको खेलेको छ। द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको सहिद प्रतिष्ठान नेपाल नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ।  

मन्त्रालयमार्फत उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन। प्रष्ट नीतिबिनै बाँडिने रकम चरम दुरुपयोग हुने गरेको स्रोत बताउँछ।

 स्रोतका अनुसार मन्त्रालयले विगत ९ वर्षदेखि उक्त संस्थालाई राजनीतिक विचार र पहुँचकै भरमा करोडौं दिँदै आएको छ। प्रतिष्ठानले यो आर्थिक वर्षमा मात्रै ८ करोड रुपैयाँ पाएको संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ दिन तयारी गरेको छ। सहिदका छोराछोरी पढाउने उक्त एनजिओका कार्यक्रम र अनुदान खर्चबारे अहिलेसम्म कुनै अनुगमन भएको छैन।  नागरिक दैनिकमा समाचार छ। 

]]>