देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुरामको नयाँ शक्तिमा गठन नहुँदै विवाद

देशान्तर

काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ ।  पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।  पार्टीको कार्यदिशाा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका छन् ।

विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् । छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा. बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगमी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताएका थिए ।

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य केशव अर्यालले सिद्धान्तका विषयमा कसरी अगाडि बढ्ने भनेर पनि प्रतिनिधिहरुबीच छलफल भइरहेको बताए । उनलदे बाम र गैरवामका विषयमा विवादभन्दा पनि कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मात्रै आएको बताए ।

यता, संघीय गणतान्त्रिक पार्टीका अध्यक्ष पर्शुराम तामाङले प्रस्तुत  गरेको अलग्गै राजनीतिक प्रतिवेदनमा पनि बहुराष्ट्रिय जनतन्त्रको सिद्धान्त अगाडि सारेका छन् । संयोजक भट्टराईले समाजवादमा आधारित वामलोकतान्त्रिक सिद्धान्तलाई अगाडि सारेको अवस्थामा तामाङले भने बहुराष्ट्रिय जनतन्त्रको सिद्धान्त अगाडि सारेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>