देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रवादी पत्रकार महिलाको राष्ट्रिय भेला हुने

देशान्तर

काठमाडौँ ।  नेपाल प्रेस युनियनको महिला विभागले यही असार ३ र ४ गते काठमाडौँमा राष्ट्रिय पत्रकार महिला भेला गर्ने भएको छ ।  देशभरका करिब ४ सय  पत्रकार महिलाको उपस्थिति रहने भेलामा पत्रकार महिलाका समस्या, समाधानका उपाय लगायतका विषयमा बृहत् छलफल गर्ने युनियनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बाला अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार देशभरिबाट आउने पत्रकार महिलाले भेलामा आफ्ना समस्या र समाधानका विषयमा छलफल गरी घोषणापत्र जारी गरिनेछ  । भेलाको उदघाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको बताइएको छ ।  भेलामा सञ्चार क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी महिलालाई सम्मान पनि गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।

दुई दिन सम्म चल्ने सो भेलामा संविधान कार्यान्वयनमा पत्रकार महिलाको भुमिका, पत्रकार महिलाहरुको बर्तमान अवस्था, पत्रकार आचारसंहितका बारेमा कार्यपत्रहरु समेत पेश हुने बताइएको छ । 

]]>