देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिँचाइ गर्न खेतमै सुत्छन् डोल्पाली

देशान्तर

त्रिपुराकोट । खडेरीका कारण खोलामा पानीको मात्रा घट्दै गएपछि सिँचाइ गर्न डोल्पाली राति खेतमै सुत्न थालेका छन् । 

पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । दिउँसो सबैले एकै पटकमा सिँचाइ गर्न सम्भव नभएपछि किसान रातिमा सिँचाइ गर्नकै निम्ति खेतमै सुत्नु परेको त्रिपुराकोटका हरि विष्ट बताउँछन् ।  सिँचाइ गर्न अधिकांश किसान खेतबारीमा दिउँसो जाने भएकाले पानीका लागि झगडा हुने गरेको छ । 

“सहज हुने भएकाले राति ११ बजेपछि सिँचाइ गर्न खेतमा जान्छौँ, पालैपालो खेतमै सुत्ने गरेका छौँ,” उनले भने ।  त्रिपुराकोटका त्रिपुराकोट, गल्ली, रल्ली र बगरमा सिँचाइ गर्न स्थानीयले नजिकैैको खोलाको पानी प्रयोग गर्दै आएका छन् । तर खडेरीका कारण उक्त खोलाको पानी समेत सुक्दै गएपछि किसान चिन्तित बनेका छन् । 

“सबैलाई सिँचाइ गर्न पानी पुग्दैन्, दिनहुँ झगडा हुन्छ,” त्रिपुराकोटका दिलीप गिरीले भने ।  खोलानाला सुकेपछि पिउने पानीको समेत समस्या भएको छ । स्थानीयबीच सिँचाइका लागि दैनिक किचलो हुने गरेको छ । पानिकै कारण स्थानीयको एकआपसमा सम्बन्ध समेत बिग्रँदै गएको छ । 

त्रिपुराकोटमा सबैभन्दा धेरै धान उत्पादन हुने भएकाले यहाँ झगडा धेरै हुने गरेको स्थानीय रमानन्द उपाध्याय बताउछन् ।  कतिपय किसानको धानको बेर्ना समेत सुक्न थालेको छ । उनीहरुले धानको सट्टा मकै लगाउन थालेका छन् । 

]]>