देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारले रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा रोक लगाएको छ ।

वार्षिक रुपमा नोकसानी बढ्दै गएको भन्दै अख्तियारले कर्मचारीलाई प्रोत्साहनभत्ता वितरण नगर्न नगराउन उर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको  छ । निर्णय कार्यान्वयन गर्न अख्तियारले पत्रको बोधार्थ अर्थ मन्त्रालयलाई समेत दिएको छ । अख्तियारको २३ जेठको बैठकले इपिआर प्रणलीमा रोक लगाउने निर्णय गरेको थियो ।

वार्षिक अबौं रुपैयाँ घाटा बेहोरिरहेको विद्युत प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई प्रोत्साहन दिने निर्णय गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>