देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई एआईजी खनाल र पुनलाई दज्र्यानी चिन्ह

देशान्तर

काठमाडौं । बढुवा सिफारीस भएको करिब पाँच  सातापछि  सशस्त्र  प्रहरीका दुई एआईजीले दज्र्यानी चिन्ह लगाएका छन् । शैलेन्द्र खनाल र जित बहादुर पुनले आज दज्र्यानी चिन्ह लगाएका छन् ।

सशस्त्र  प्रहरी मुख्यालयमा ससस्त्र प्रहरी महानिरिक्षक (आईजीपी) दुर्जकुमार राईले उनीहरुलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । गत बिहिबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई बढुवाको निर्णय गरेको हो ।

 पाँच साताअघि नै बढुवा समितिले उनीहरुको बढुवा सिफारीस गरेको थियो । तर उजुरी र मुद्दाका कारण बढुवा प्रक्रिया लम्बिएको हो । डिआईजीद्धय उत्तम खड्का  र पुष्पराम केसीले बढुवा सिफारीसविरुद्ध  उजुरी गरेका थिए । उजुरी समितिले पनि बढुवा सिफारीसलाई सदर गरेपछि खड्का अदालत गए ।

तर अदालतले पनि अन्तरीम आदेश नदिएपछि बढुवाको ढोका खुलेको हो ।  बढुवा भएका खनालले  २ वर्षपछि सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् भने पुनले आगामी फागुनमा अवकाश पाउनेछन् ।

]]>