देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काबुलमा आत्मघाती बिष्फोट, १४ नेपालीको मृत्यु, ५ घाइते

देशान्तर

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको छ ।

अफगानी गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।

तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५ः४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डको आवस नजिकै घात लगाएर बसेका आत‌ंकवादीले गार्ड चढेको गाडी आवसको गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फोटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिए ।

पाकिस्तानस्थित नेपाली दूतावासले घट्ना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । दूतावासले केही समयपछि विस्तृत जानकारी आउने दाबी गरेको छ ।

दूतावासका एक अधिकारीका अनुसार मृतक तथा घाइते त्यहाँको एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो । घाइते ९ जनाको भने अवस्था सामान्य रहेको जानकारी समेत ती अधिकारीले दिए ।

तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाको जिम्मेवारी लिएका छन् ।

मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए ।

 

]]>