देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यन्वयनको लागि सहकार्य आवस्यकः नेता सिंह

देशान्तर

चितवन । कांग्रेस नेता प्रकाशमान सिंहले नयाँ संबिधानलाई कार्यान्वयन गर्न सबै दलबीचको एकति आवस्यक भएको बताएका छन् । 

 सोमबारबाट चितवनको सौराहामा सुरु भएको नेपाल परिवार नियोजन संघको ३८ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधान कार्यान्वयन चुनौतिपूर्ण कार्य भएकाले सबै दल मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । सबै दल मिलेर जारी गरेको संविधान त्यसरी नै मिलेर कार्यान्वयन गर्ने प्रयास गरे मात्र सफलता मिल्ने उनले दावी गरे ।  

नेता सिंहले संबिधान कार्यान्वयन पछि मात्र राजनीतिक स्थिरता हुने हुनाले त्यसपछि देशको आर्थिक विकास सम्भव रहेको बताए । मंगलबार सम्म चल्ने सभामा देशभरका २८ शाखा झण्डै २ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

]]>