देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रातो किताब नहुँदा संसदमा हंगामा

देशान्तर

काठमाडौं । सरकारले वर्षभरि गर्ने विकास योजना समावेश हुने रातो किताबकै कारण सोमबार संसदमा हंगामा भएको छ। विनियोजन शीर्षकमाथि सोमबार छलफल प्रारम्भ हुनै लाग्दा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापवत्ति गरेपछि आधा घण्टाका लागि बैठक नै स्थगित गर्नु पर्यो।  

मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत कार्यसूचीमा समावेश भएकोमा  आपूर्ति मन्त्रालयको जिल्लागत  कार्यक्रम रातो किताव –२ प्राप्त नभएकाले छलफल अघि बढ्न नसक्ने खतिवडाको दाबीपछि कांग्रेस सांसदहरु उभिएपछि बैठक अघि बढ्न नसकेको हो। सरकारको पहिलो प्राथमिकतामा परेका विकास योजनाबारे राष्ट्रिय योजना आयोगले रातो किताब–१ प्रकाशित गर्छ भने जिल्लागत योजना समावेश भएको रातो किताब–२  सम्बन्धित मन्धत्रालयबाट प्रकाशित गरिन्छ।

सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमाथि सदनमा छलफल हुनु पूर्व सांसदहरुलाई रातो किताब वितरण गरिन्छ। यसअघि पनि रातो किताब–१ समयमै प्राप्त नभएको विरोधमा प्रतिपक्षीले बैठक स्थगित गराएको थियो।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>