देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

देशान्तर

काठमाडौं ।  एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् । दुई महिनामा २२ जनाले राजिनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को–पाइलट बिशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।

कार्की पक्राउ पछि अन्य पाइलटहरुले पनि धमाधम राजिनामा दिन थालेको सिआबीका निर्देशनक डिआइजी नवराज सिलबालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्उस्तै प्रवृत्ति देखिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>