काठमाडौं । गत वर्ष बैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम कम भएपनि रोकिएको छैन् । आज पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।
आज गएको पराकम्प नुवाकोटमा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ११ बजेर ३४ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्प ४.४ रेक्टर स्केलको भएको र केन्द्रबिन्दु नुवाकोटको खानीगाँउ नजिकै रहेको केन्द्रले जनाएको छ ।
यसअघि ८ दिनअगाडि गोर्खालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
]]>
प्रतिक्रिया