देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर्न सांसदहरुको सुझाव

देशान्तर

काठमाडौँ । सांसदरुले राजनीतिक सहमति जुटाएर मात्र निर्वाचनको तिथि र मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् । 

सरकारले तीन तहको निर्वाचनको कार्यतालिका घोषण गरेको सन्दर्भाम व्यवस्थापीका संसदको विकास समितिको बैठकमा बोल्दै सांसहरुले निर्वाचन राष्ट्रिय सरोकारको विषय भएकोले यसलाई राजनीतिक प्रतिष्ठा नबाउन सरकारलाई सुझाव दिइएका छन् । 

संवैधानिक प्रावधान अनुसार डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जनाउँदै राजनीतिक दलका दोस्रो पुस्ताका नेताले निर्वाचनका लागि छिटो सहमति जुटाउन आफ्ना शीर्ष नेतालाई आग्रह समेत गरेका छन् । 

सत्तारुढ, प्रमुख प्रतिपक्षी तथा साना दलका सांसदहरुले  निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन र निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन सक्ने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिँदै लोकतन्त्रमा निर्वाचनदेखि डराउने भन्ने हुन्न तर निर्वाचनमा भाग लिने वातावरण मिलाउने काम त सरकारको भएको प्रष्ट पारेका छन् ।  

बैठकमा प्रमुख प्रतिपक्षी दलका डा मीनेन्द्र रिजालले सरकारले निर्वाचनको विषयलाई पपुलर हुने नारा मात्र बनाएको र यथार्थमा निर्वाचन गराउन नचाहेको आरोप लगाउँदै  प्रश्न गरे,“कुर्सीमा बसेर निर्वाचन गर्छु भनेर मात्र कहाँ निर्वाचन हुन्छ ? निर्वाचनका लागि आवश्यक वातावरण खोइ निर्माण गरेको ?” 

]]>