देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक(बाफिया) पुनः समितिमा फिर्ता

देशान्तर

काठमाडौँ। केही स्वार्थी सांसदहरुको चलाखीबाट संसदको फुल हाउसमा पुगेको बैंक तथा वित्तिय संस्था सम्बन्धि विध्येक(बाफिया) चौतर्फी आलोचनापछि पुनः संसदको अर्थसमितिमा फिर्ता गरिएको छ । 

आज बसेको व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सदनमा प्रस्तुत गरेको ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२’ को केही दफाका सम्बन्धमा पुनर्विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस्’ भन्ने प्रस्तावलाई स्वीकार गर्दै समितिमै फिर्ता पठाइएको हो । 

अर्थ समितिमा आवश्यक छलफल नै नगरिकन बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा सोसँग सम्बन्धित व्यक्ति तथा पदाधिकारीको चाहनाअनुसार विधेयक तयार पारिएको भन्दै यसको आलोचना हुँदैआएको थियो । 

अर्थसमितिमा पर्याप्त छलफल नै नगरिकन उपसमिति बनाएर त्यसबाट सिधै विध्येकलाई पुर्ण बैठकमा प्रस्तुत गरिएको थियो । विध्येकमा सञ्चालकहरुको लागि खुकुलो व्यवस्था गरिनुका साथै राष्ट्र बैंकलाई कमजोर पार्नेखालका व्यवस्था भएकोले वित्तिय क्षेत्रलाई धरासायी पार्नसक्ने भन्दै सरोकारवालाहरुले चर्को आलोचना गरेका थिएँ । 

अव उक्त विध्येक समितिमा छलफल पछि संसोधन भएर पुनः पुर्ण बैठकमा प्रस्तुत हुने छ । 

]]>