देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा र बेलायती राजदूत मोरिजबीच भेटवार्ता

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिजबीच आज बिहान भेटवार्ता भएको छ । 

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहयोग तथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आर्थिक विकास र आगामी गतिविधिबारे छलफल भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।  

सो अवसरमा सभापति देउवाले नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल भएका कारण काँग्रेसको काँधमा मुलुकको सबै ऐतिहासिक दायित्व र जिम्मेवारी सदैव रहँदै आएको बताए ।  

उनले आगामी दिनमा पनि नेपालको संविधानको सफल कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलबीच सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका थिए ।  

]]>