देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१३ घन्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

देशान्तर

रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०ः३० बजेबाट यातायात सञ्चालनमा आएको छ ।

तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो ।

दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बाटो खुलेसँगै नारायणगढबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

बाटो खुलाइए पनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने जनाइएको छ ।  सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए । 

]]>