देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

देशान्तर

पोखरा । कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय कास्कीले बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा परेको गुनासो गरे । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने  किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका सहभागीले दुःख व्यक्त गरे ।

विदेशमा बसेको भरमा मात्र नभई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने पोखरा–२५ पुम्दीभुम्दीका किसान खेमराज बराल बताउँछन् । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा राकेश प्रजापतिले पासपोर्ट राखेर अुनदान दिने व्यवस्था सरकारबाटै आएको जानकारी दिँदै किसानलाई दक्ष बनाउने विषयमा पनि सरकार प्रतिबद्ध रहेको बताए ।

 

]]>