देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको प्राथमिकता पुनःनिर्माण– महत

देशान्तर

भक्तपुर । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपाली काँग्रेसको पहिलो प्राथमिकता पुनःनिर्माण भएको बताएका छन् ।

आज भक्तपुरमा रफत सचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन भन्दा पुनःनिर्माण छिटो हुनुपर्छ भनेर काँग्रेस पुनःनिर्माणमा अग्रसर भएको बताए ।

सरकार परिवर्तनको मुद्दा काँग्रेसले नछाडेको बताउँदै  महतले भने– “माओवादी अध्यक्ष दाहालले अन्तिम समयमा आएर धोका नदिएको भए सरकार परिवर्तन भइस्क्थ्यो तर धोका भएकै कारण सरकार टिकिरहेको छ, काँग्रेसले बहुमत पुर्याएकै दिन यो सरकार ढल्छ ।”

उनले सरकारले भूकम्पपीडितलाई जति सक्दो छिटो बासको व्यवस्था गर्ने प्रतिबद्धता संसद्मा पेस नगरेसम्म नेपाली काँग्रेसले संसद् अवरुद्ध पार्ने बताए । वर्तमान सरकारले भूकम्पपीडितका नाममा राहत उपलब्ध गराउनु भन्दा पनि कार्यकता पोषण गर्ने सक्रिय रहेको आरोप उनको थियो ।

]]>