देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीआईबी जागेपछि नक्कलीको भागाभाग

देशान्तर

काठमाडौं । गएको केही महिनादेखि नेपालमा एउटा कुराले निरन्तर तरंग सिर्जना गरिरहेको छ । त्यो हो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेका विभिन्न हाइप्रोफाइल, चिरप्रतीक्षित र रहस्यमयी घटनाहरूको अनुसन्धान । त्यस्ता अनुसन्धान जसले समाज, मिडिया, राजनीतिक नेतृत्व र नागरिक तहमा उत्तिकै तरंग सिर्जना गरिरहेको छ जसले नेपाल प्रहरीको प्रतिष्ठा उच्च भएको  छ भने अर्कोतिर नागरिकहरूको उच्च सम्मान हुने कतिपय पेसाप्रति घृणा पनि उत्पन्न भएको छ । १२ वर्ष पुरानो रहस्यमय रानीबारी हत्याकाण्डका आरोपितहरूलाई पक्राउ गरेको सीआईबीको सक्रियता पछिल्लो चरणमा आएर नक्कली प्रमाणपत्रधारी डाक्टरहलाई पक्राउन गर्ने ‘क्वाक’ अप्रेसनसम्म आइपुग्दा सीआईबी नागरिकको धन्यवादको पात्र भएको छ । 

हालैमात्र सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरूलाई पक्राउ गर्‍यो । देशभरबाट गरी ३६ जना डाक्टहरूलाई पक्राउ गरिएको क्वाक अप्रेसनमा अझै पनि अनुसन्धानको क्रममा रहेको सीआईबीबले बताएको छ । यसअघि नै १७ डाक्टरहरू पक्राउ परिसकेका थिए । 

ब्युरोका अनुसार नक्कली आईएस्सी सर्टिफिकेट लिएर एमबीबीएस पढ्ने र पढिसकेका विद्यार्थी चिकित्सासेवाको लाइसेन्स लिन नेपाल मेडिकल काउन्सिल पुग्ने गरेको त्यहीबाट आशंका उत्पन्न भएर आफूहरूले अनुसन्धानलाई डाक्टरहरूको प्रमाणपत्रतर्फ केन्द्रित गरेको सीआईबीका प्रमख नवराज सिलवालले बताएका छन् । सिलवालका अनुसार डाक्टरहरूको नियमक निकाय मेडिकल काउन्सिलका अधिकारीबाट सूचना पाएकोले अनुसन्धानमा थप उत्प्रेरित भएको र अहिलेको परिणाम त्यसैको प्रतिफल भएको सिलवालले बताएका छन् ।  

‘क्वाक’ अर्थात् नक्कली डाक्टर पक्राउ गर्ने योजना ब्युरोले बनायो र त्यही ‘क्वाक अप्रेसन’ नाममा उसले शंकास्पद व्यक्तिका प्रमाणपत्र काउन्सिलबाट मगाएर छानबिन गर्न थाल्यो । जसमा आईएस्सीको सर्टिफिकेट नक्कली फेला पर्‍र्यो सिलवालले भने । त्यसपछि प्रहरी ‘क्वाक अप्रेसन’को अभियानलाई पूर्णता दिँदै नक्कली डाक्टर पक्राउ गर्न थाल्यो । सीआईबीले पर्याप्त र विश्वासनीय प्रमाण जुटाएर पक्राउ गरेको बताएको छ । जनस्वास्थ्यसँग सम्बन्धित समाजमा अत्यन्त प्रतिष्ठाका साथ हेरिने चिकित्सा पेसामा भएका यस्ता अयोग्य डाक्टरहरूमाथिको अनुसन्धान तथा ती माथिको कारबाहीको लागि विशेष भूमिका खेलेकोमा सीआईबी प्रमुख नवराज सिलवाल पनि धन्यवादका पात्र भएका छन् । 

 

]]>