देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातान्त्रिक विचार समाजमा डा केदारनरसिंह केसी

देशान्तर

काठमाडौँ । प्रजातान्त्रिक विचार समाजको १०औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । समाजको अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सदस्यमा निर्वाचन भए पनि अन्य पदमा भने निर्विरोध छनोट गरिएको छ ।  अध्यक्षका उम्मेदवारमध्ये डा केदारनरसिंह केसीले २१० मतका साथ निर्वाचित भएका छन् । उनका  प्रत्यासी डा ब्रतराज आचार्यले ६१ मत ल्याएका थिए । समाजको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र वाग्ले र महासचिवमा गोकर्ण अर्याल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा डा विमला शाक्य निर्वाचित भएका छन् ।  

त्यसैगरी खुल्ला उपाध्यक्षमा डा ईश्वरीराज लौडारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ र सचिवमा डा वासुदेव भण्डारी चयन भएका छन् । महाधिवेशनले प्रदेश नं १ मा बद्री तामाङ, २ मा शिवकुमार यादव, ३ मा जगदीश्वर खनाल, ४ मा दुर्गादत्त शर्मा आचार्य, ५ मा शङ्करविवश मजगैँया, ६ मा प्रदीप बोहोरा र ७ मा लक्ष्मीराज पण्डितलाई प्रदेश संयोजक निर्वाचित गरेको छ । त्यसैगरी खुल्ला १४ केन्द्रीय सदस्यतर्फ सिबी मल्ल, वीरेन्द्रप्रसाद थपलिया, सुवास पन्त, मेनुकाराज भण्डारी, दिव्यलक्ष्मी बज्राचार्य, वीरबहादुर कार्की, डा चण्डीकाप्रसाद भट्ट, दिलीपकुमार झा, डा गोविन्दप्रसाद गुरागार्इं, सरोज अधिकारी, भरतप्रसाद दवाडी, विन्दु पौडेल, डा सुधारप्रसाद अधिकारी र मिलन खनाल निर्वाचित भएको छन् 

खुल्ला सदस्यका लागि २५ जनाको उम्मेदवारी परेको नवनिर्वाचित महासचिव अर्यालले जानकारी दिए । कुल ३१ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति भित्रै रहने र दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । विसं २०५२ मा प्रा वासुदेवचन्द्र मल्लको अध्यक्षतामा गठन भएको समाजको १०औँ महाधिवेशन शुक्रबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । दुईदिने महाधिवेशनमा ४० जिल्लाका ३५० प्रतिनिधिले भाग लिएको अर्यालले जानकारी दिए । 

]]>