देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुग्लिन सडकको ठाउँठाउँमा पहिरो, आवागमन ठप्प

देशान्तर

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ ।

अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।  

रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ । चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन् ।   प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ । 

]]>