देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भद्रगोलकी रक्षा श्रमिकको पासोमा

देशान्तर

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘भद्रगोल’की रक्षा श्रेष्ठ श्रमिकको पासोमा परेकी छन् । खगराज बराल अर्थात श्रमिक बरालको आधुनिक गीतमा अभिनय रक्षाले गरेकी हुन् । 

एक कुसल गृहणी भएर आफ्नो पारिवारिक स्थिति स्वीकार गर्न नसक्दा र आफ्ना भावनालाई पुरा गर्न एक नारी आफ्नो चरित्रलाई बजारीकरण गर्न लाग्दा भोग्नु परेका पीडामा रक्षाले भूमिका निर्वाह गरेकी छन् । ‘तिम्लाई मैले छोडेपछि…’ बोलको गीत निकालेका श्रमिक बराललाई संगितमा  कुलप्रसाद खनालले साथ दिएका छन् भने मीना सिंहले स्वर भरेकी  छन् ।

कि इन्टरटेनमेन्ट प्रा.लिले निर्माण गरेको म्यूजिक भिडियोमा एक साम्पाङ, रक्षा श्रेष्ठ र प्रकाश शाहले अभिनय गरेका छन् । जसलाई अनन्त तिमल्सीनाले निर्देशन गरेका हुन । उक्त म्यूजिक भिडियोमा छायाँकन रामकुमार केसी र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

  गित हेर्न क्लिक गर्नुहोस 

]]>