देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबारभित्रैको निर्माणमा अनियमितता

देशान्तर

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ। संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारभित्रकै निर्माणमा गैरजिम्मेवारीपना र अनियमितता हुने गरेको औँल्याएको हो।

सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपना र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको छ। गैरजिम्मेवारीपना भएको उल्लेख गरिएको कहाँ–कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिएपनि स्थलगत निरीक्षणका क्रममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख छ।

यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचित रुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठाएको छ। उपसमितिका संयोजक लम्सालले आइतबार सो प्रतिवेदन लेखा समितिका सभापति जनार्दन शर्मालार्इ बुझाएका छन्। राजधानी दैनिकमा समाचार छ।
 

]]>