देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बन्दरगाहमै रोकियो रासायनिक मल

देशान्तर

काठमाडौं । ठेकेदार कम्पनीले डिटेन्सन चार्ज माग्दै अड्को थापेपछि सरकारी अनुदानमा विदेशबाट किनेर ल्याइएको रासायनिक मल एक सातादेखि सीमाक्षेत्रमै रोकिएको छ। हिमालयन टर्मिनलले वीरगन्जको सिर्सिया बन्दरगाहमा करिब १० हजार मेट्रिकटन मल रोकेको हो। 

नाकाबन्दीका बेला बन्दरगाहमा थन्किएको मलको करिब २५ करोड रुपैयाँबराबर डिटेन्सन चार्ज पाउनुपर्ने टर्मिनलको दाबी छ।  धानखेतीको मुख्य सिजनमै टर्मिनलले मल भित्र्याउन गेटपास नदिएपछि देशका लाखौं किसान प्रत्यक्ष मारमा पर्ने भएका छन्। बन्दरगाहमा रोकिएको मल छिटोभन्दा छिटो नभित्रिए बजारमा अभाव हुने कृषिसामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक अमरराज खैरले बताए। कृषि मन्त्रालयका अधिकारी भने नाकाबन्दीमा इन्धन अभावले ढुवानी गर्न नसकिँदा बन्दरगाहमा केही समय मल रोकिए पनि टर्मिनलले डिटेन्सन चार्ज भने मापदण्डभन्दा धेरै मागेको आरोप लगाउँछन्।  मल छुटाउने व्यवस्था मिलाउन कृषिविकास मन्त्रालयले समेत वाणिज्य मन्त्रालयमा पत्राचार गरे पनि सुनुवाइ भएको छैन। मल छुटाउन वाणिज्यमा पत्राचार गरिएको मन्त्रालयका सहसचिव सुरज पोख्रेलले बताए।  

नेपाललाई वार्षिक करिब ४ लाख मेट्रिकटन मल आवश्यक रहेकामा सरकारले २ लाख ७० हजार मेट्रिकटनका लागि अनुदान दिने गरेको कृषि मन्त्रालयले जनाएको छ। यस वर्ष २ लाख ७ हजार ८ सय मेट्रिकटन रासायनिक मल बिक्री भएको मन्त्रालयको तथ्यांक छ। नागरिक दैनिकमा समाचार छ । 

]]>