देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ऊर्जा सचिवस्तरीय बैठक आजबाट नयाँ दिल्लीमा

देशान्तर

काठमाडौँ  । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न आजबाट नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ ।  

पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।  ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थका अनुसार दुई देशबीच भएको सहमति र कार्यान्वयनका अवस्थाका बारेमा समेत सचिव तथा सहसचिवस्तरीय बैठकमा छलफल हुनेछ । 

बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा, सहसचिव दिनेश घिमिरे र अन्य अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा उपकार्यकारी निर्देशकलगायतको उच्चस्तरीय टोली हिजो नै भारत प्रस्थान गरेको छ । 

]]>